नयाँ वर्षमा रिचार्जरको अफर, ७० प्रतिशतसम्मको छुटमा ग्याजेट्स 

नयाँ वर्षमा रिचार्जरको अफर, ७० प्रतिशतसम्मको छुटमा ग्याजेट्स 

काठमाडौँ : इकमर्स प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा “न्यु इयर सेल” अफर सार्वजनिक गरेको छ। मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने जनाएको हो।  

रिचार्जरले ग्याजेट्सका साथै अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी गर्न सकिने जनाएको छ। भोलि सोमबारदेखि आगामी वैशाख २ गतेसम्म चल्ने अफरमा सहभागी सबै ग्राहकलाई गोलाप्रथामा सहभागी गराई आकर्षक उपहार पनि वितरण गरिने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए।

नयाँ वर्षमा धेरैले आफ्ना ग्याजेट् अपडेट गर्ने योजना बनाउने गरेकाले आकर्षक अफर सहित सेल सञ्चालन गरिएको ग्लाइडरले बताए। 

यो अवधिमा किस्ताबन्दीमा सामान खरिद गर्नेहरूलाई शून्य प्रतिशत ब्याजदरमा ग्याजेट्स उपलब्ध गराउने रिचार्जरले जनाएको छ। रिचार्जरका अनुसार गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइनेछ। 

२९ चैत, २०७७, १२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।