सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

काठमाडौँ : सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ।

शुक्रवार ८९ हजार ९ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलाको ८९ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ। शुक्रवार १२८० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज आइतबार १२७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

 

२९ चैत, २०७७, ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।