महाधिवेशनको तयारीबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

महाधिवेशनको तयारीबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ : नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको तयारीबारे पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्दैछ।

पार्टी कार्यालय सानेपामा महाधिवेशनको तयारीबारे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्न लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। 

नयाँ सरकार गठनका विषयमा काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपासँग गरेको छलफलबारे बैठकमा जानकारी गराउने नेताहरूले बताएका छन्। ‘मुख्य विषय पार्टीको १४ औँ महाधिवेशनको तयारी नै हो,’ मुख्य सचिव पौडेलले भने,‘नेताहरू भेटभएपछि अरू विषयमा पनि कुराकानी होला।’ 

काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन २०७८ भदौमा गर्ने निर्णय गरिसकेको छ। भदौमा जसरी पनि महाधिवेशन गर्नै पर्ने बाध्यतामा रहेको काँग्रेसले माओवादी र जसपासँग आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव समेत गरेको छ। 

 

२९ चैत, २०७७, १०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।