आइपिएल : दिल्लीले चेन्नेईलाई हरायाे

आइपिएल : दिल्लीले चेन्नेईलाई हरायाे
तस्बिर : आइपिएलटिट्वान्टीडटकम।

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटलले जारी सिजनको आफ्नो पहिलो खेलमा जित निकालेको छ। 

मुम्बईको वाङखडे रंगशालामा आज (शनिबार) अबेर राति सम्पन्न खेलमा दिल्लीले चेन्नईलाई ७ विकेटले पराजित गर्याे। 

१ सय ८९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्याे। उसका लागि शिखर धवनले सर्वाधिक ८५ रन जोड्दा पृथ्वी सोले ७२ रन बनाए। यस्तै, मार्कस स्टोइनिस १४ रनमा आउट भए। कप्तान रिसभ पन्त १५ रनमा अविजित रहे। 

बलिङतर्फ चेन्नईका शार्दुल ठाकुरले २ तथा ड्वेन ब्राभोले १ विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो। उसका लागि सुरेश रैनाले सर्वाधिक ५४ रन बनाए।

यस्तै, मोइन अलीले ३६ रन बनाउँदा स्याम कुरानले ३४ रनको योगदान दिए। यसैगरी, अम्बाती रायडुले २३ रन जोड्दा रविन्द्र जडेजा २६ रनमा अविजित रहे। महेन्द्रसिंह धोनी र फाप डु प्लेसिस रन नजोडी पेवेलियन फर्किँदा ऋतुराज गायकवाड ५ रनमै आउट भए।  

बलिङतर्फ दिल्लीका अभेष खान र क्रिस वक्र्सले समान २ विकेट लिँदा टोम कुरान र रविचन्द्रन आश्विनले १/१ विकेट लिए। 

क्रिकइन्फोडटकम

२८ चैत, २०७७, ०१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।