३३७ संक्रमित थपिए, १ को मृत्यु

३३७ संक्रमित थपिए, १ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ सय ३७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर ३ हजार ३९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। 

देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको मन्त्रालयले जनाएको छ। तीमध्ये २ लाख ७३ हजार ८ सय ८६ जना कोरोनामुक्त भएका छन्। 

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ८ सय रहेको मन्त्रालयले जनाएको छ। 

२८ चैत, २०७७, १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।