कर्णालीमा एमाले मन्त्रीको राजीनामापछि रिक्त मन्त्रालयको जिम्मेवारी भण्डारी र केसीलाई

कर्णालीमा एमाले मन्त्रीको राजीनामापछि रिक्त मन्त्रालयको जिम्मेवारी भण्डारी र केसीलाई

सुर्खेत : कर्णालीमा एमाले मन्त्रीको राजीनामापछि खाली रहेका मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पाएका छन्। 

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमाले मन्त्रीको राजीनामापछि रिक्त रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाई र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी आफूलाई दिएको कृषिमन्त्री केसीले जानकारी दिइन्। 

गत मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका थिए। तीनवटै मन्त्रीले दिएको राजीनामा हिजो स्वीकृत भएको कृषिमन्त्री केसीले जानकारी दिएकी छन्। 

एमाले मन्त्रीको राजीनामापछि शाही नेतृत्वको सरकार अल्पमतमा छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२ सांसद् छन्। उसले एमाले प्रवेश गरेका धर्मराज रेग्मीलाई कारवाही गरिसकेको छ। उनको सांसद् पद गुमेको छ। 

एमालेको सभामुखसहित २०, कांग्रेसको ६ र राप्रपाको १ सिट छ। 
 

२८ चैत, २०७७, १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।