कर्णालीमा एमालेका तीन मन्त्रीको राजीनामा स्वीकृत

कर्णालीमा एमालेका तीन मन्त्रीको राजीनामा स्वीकृत
फाइल तस्बिर।

सुर्खेत : नेकपा एमालेबाट प्रदेश सरकारमा सहभागी भएका तीनजना मन्त्रीको राजीनामा स्वीकृत भएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको राजीनामा स्वीकृत गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन्।

कर्णाली प्रदेशका तीनजना मन्त्रीले गत मंगलबार मुख्यमन्त्री शाहीसमक्ष सामूहिकरूपमा राजीनामा बुझाएका थिए। 
 

२८ चैत, २०७७, १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।