सरकार परिवर्तनको खेल आवश्यक छैन : प्रधानमन्त्री ओली 

सरकार परिवर्तनको खेल आवश्यक छैन : प्रधानमन्त्री ओली 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको खेल आवश्यक नरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५५ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको खेल भइरहेको भन्दै यो आवश्यक नरहेको बताएका हुन्। 

उनले सरकारले गरेको विकास नदेख्नेहरू सरकार परिवर्तनको खेलमा लागेको जिकिर गरे। प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट बच्न गम्भीर बन्नु पर्ने बताए।

उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आग्रह गरे।  ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन’ उनले भने,‘आफैँ सचेत बनौँ।’

उनले नेपालबाट हिंसा समाप्त भएको बताउँदै उद्योग व्यवसाय सञ्चालनका लागि वातावरण राम्रो रहेको सुनाए। सरकारले उद्योगी व्यवसायीका लागि सही नीति अवलम्बन गरेको प्रधानमन्त्री ओलीको भनाई छ।  

२८ चैत, २०७७, १४:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।