उद्योग वाणिज्य महासंघको भिजन पेपर सार्वजनिक 

उद्योग वाणिज्य महासंघको भिजन पेपर सार्वजनिक 

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले १० वर्षमा मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको हुने भिजन पेपर सार्वजनिक गरेको छ। एक दशकमा १५० अर्ब लगानी हुने र यसमा निजी क्षेत्रबाट १ सय ८ अर्ब डलर लगानी हुने भिजन पेपरमा उल्लेख छ।

महासंघले आफ्नो ५५औँ वार्षिक साधारण सभामार्फत १०० वटा योजनासहितको भिजन पेपर सार्वजनिक गरेको हो। हाल मुलुकको अर्थतन्त्र ३४ अर्ब डलरको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले १०० वटा योजनामध्ये ४० वटा २ वर्षभित्र कार्यान्वयनमा लैजान सकिने बताए। गोल्छाले भिजन पेपरले वार्षिक ४ लाखलाई रोजगार दिने कल्पना गरेको जानकारी दिए। भिजन पेपरमा एक दशकमा थप २२ लाख रोजगारी सिर्जना हुने उल्लेख छ।

अध्यक्ष गोल्छाले सरकारले व्यवसायीलाई नियोजित अनुगमन गर्नु नहुने बताए। यसले सकारात्मक सन्देश नदिने उनको भनाई छ। 

२८ चैत, २०७७, १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।