पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल प्यानलको अग्रता कायमै 

पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल प्यानलको अग्रता कायमै 

काठमाडौँ : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा अहिलेसम्म ६० जिल्ला, प्रतिष्ठान र एसोसिएट प्रदेशको मत सार्वजनिक भएको छ।

सार्वजनिक मत परिणाम अनुसार विपुल पोख्रेल प्यानलले सबै पदमा अग्रता कायम राखेको छ। महासंघको अध्यक्षमा पोख्रेलले ५ हजार ३३१ मत पाएका छन् भने प्रतिस्पर्धी निर्मला शर्माले ३ हजार ४० मत पाएकी छन्। यस्तै गजेन्द्र सिंह बुढाथोकीले ३८८ र रामप्रसाद दाहालले ८७ मत ल्याएका छन्। 

वरिष्ठ उपाध्यक्षमा पोख्रेल प्यानलकै रमेश विष्टले ५ हजार १६४ मत ल्याउँदा प्रतिस्पर्धी माधव नेपालले २ हजार ९३३ मत पाएका छन्। महासचिवमा पोख्रेल प्यानलकै रोशन पुरीले ४ हजार ७६८ ल्याउँदा शर्मा प्यानलबाट महासचिव पदका उम्मेदवार बालकृष्ण बस्नेतले ३ हजार ९ मत पाएका छन्। 

सचिव खुल्लामा गोविन्दप्रसाद चौलागाईले ४ हजार ५०४, सचिव महिलामा सृजना अर्यालले ५ हजार २२, सचिव आदिवासी जनजातिमा नारायण सुन्दर किलम्बुले ४ हजार ८२२, सचिव मधेसीमा दीपेन्द्र चौहानले ४ हजार ३८७, सचिव दलितमा हेम कर्ण वि.क.ले ४ हजार ६३० र सचिव एसोसिएटमा पवन आचार्यले ४ हजार ५७० मत पाएका छन्।

कोषाध्यक्ष पदमा पनि पोख्रेल प्यानलकै कलेन्द्र सेजुवालले ४ हजार ३७७ र लेखा समिति संयोजकमा लेखनाथ न्यौपानेले ४ हजार २८० मत ल्याएर अग्रता अग्रता कायम राखेका छन्। 

२८ चैत, २०७७, १२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।