केही दिनभित्रै नयाँ सरकार गठन हुन्छ : प्रचण्ड

केही दिनभित्रै नयाँ सरकार गठन हुन्छ : प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्र नयाँ सरकार गठन हुने बताएका छन्। राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय परिषद् बैठकमा प्रचण्डले केही दिनमा नयाँ सरकार गठन हुने र कालो बादल हट्ने बताए। 

परिस्थिति अहिले पनि असहज नै रहेको बताउँदै प्रचण्डले यो सरकार धेरै दिन नचल्ने बताए। उनले प्रधानमन्त्री को बन्ने भन्ने कुरा ठुलो नभएको बताए। ‘प्रधानमन्त्री को बन्ने भन्ने ठुलो कुरा होइन’, उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रमाथि लागेको कालो बादल हटाउन सबै सतर्क रहनुपर्छ।’

उनले नयाँ सरकार गठन गरेर वर्तमान सरकारले गरेका ज्यादतीलाई सच्याउने बताए। उनले त्यसका लागि सामूहिक ढङ्गले आवाज उठाउनु पर्ने बताए। संविधानको रक्षाका लागि आन्दोलनमा जानुको विकल्प नदेखिएको उनको भनाई छ। 

२८ चैत, २०७७, १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।