जुम्लाका दुर्गा बुढाले जिते धनगढी हाफ म्याराथनको उपाधि

जुम्लाका दुर्गा बुढाले जिते धनगढी हाफ म्याराथनको उपाधि

धनगढी : धनगढी जेसीजले आयोजना गरेको ‘अब धनगढी दौडिन्छ’ धनगढी हाफ म्याराथन सातौँ संस्करणको उपाधि जुम्लाका दुर्गा बहादुर बुढाले जितेका छन्।

२१ दशमलव १ किलोमिटरको दुरी उनले १ घण्टा ०६ मिनेट ०८ दशमलव १८ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन्। बुढाको यो लगातार तेस्रो उपाधि हो। उपाधि सँगै बुढाले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे।

त्यस्तै निर्धारित दुरी १ घण्टा ९ मिनेटमा ८ दशमलव ५३ सेकेन्डमा पार गर्दै बैतडीका नरेन्द्र रावत दोस्रो हुँदा सशस्त्र प्रहरीका सन्तोष विष्ट तेस्रो भए। उनले २१ दशमलव १ किलोमिटरको दुरी १ घण्टा १२ मिनेट ४ दशमलव २७ सेकेन्डमा पार गरे।

दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र विष्टले नगद ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरेका छन्। 

यस्तै पहिलो पटक आयोजना गरिएको खुला ५ किलोमिटर महिला तर्फको उपाधि कैलालीकी सीमा चौधरीले प्राप्त गरिन्। उनले उक्त दुरी २० मिनेट ११ सेकेन्डमा पूरा गरिन्। उपाधि सँगै चौधरीले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरिन्।

त्यस्तै सीता चौधरी दोस्रो र नुहा खड्का तेस्रो भए। चौधरीले निर्धारित दुरी २० मिनेट ४४ दशमलव २८ सेकेन्ड र खड्काले २२ मिनेट ६ दशमलव ३१ सेकेन्डमा पूरा गरेकी थिइन्।

उपाधिसँगै दोस्रो र तेस्रो हुनेले क्रमशः ३ हजार ३ सय ३३ रुपैयाँ र २ हजार २ सय २२ रुपैयाँ नगद प्राप्त गरेका छन्।

 

२८ चैत, २०७७, १०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।