पत्रकार महासङ्घ निर्वाचन : युनियन प्यानल महत्त्वपूर्ण पदमा हजार मतले अगाडि

पत्रकार महासङ्घ निर्वाचन : युनियन प्यानल महत्त्वपूर्ण पदमा हजार मतले अगाडि

काठमाडौँ : नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा नेपाल प्रेस युनियनसहितको प्यानलले एक हजार मतले लिड गरेको छ।

विपुल पोखरेलको नेतृत्वमा चुनावमा होमिएको प्यानलका सबै उम्मेदवार प्रतिस्पर्धी प्रेस चौतारी ओली समूहका उम्मेदवारभन्दा हजार मतले अगाडि छन्।

निर्वाचन समितिले सार्वजनिक गरेको ४० जिल्लाको मत परिणाम अनुसार पोखरेलले २ हजार पाँच सय ८० मत पाउँदा निर्मला शर्माले एक हजार चार सय २४ मत पाएकी छिन्।

अध्यक्षका स्वतन्त्र उम्मेदवार गजेन्द्र सिंह बुढाथोकीले एक सय १९ मत पाएका छन्। उम्मेदवारी फिर्ता लिएका रामप्रसाद दाहालले ३५ मत पाएका छन्।

वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका रमेश विष्टले २ हजार ४ सय १३ मत पाएका छन्। चौतारीका माधव नेपालले १ हजार ३ सय ६७ मत पाए। उम्मेदवारी फिर्ता लिएका रामजी दाहालले २ सय १ मत पाएका छन्।

माहिला उपाध्यक्षमा युनियन प्यानलकी बाला अधिकारीले २ हजार पाँच सय ५४ मत पाएकी छिन्। उनको प्रतिस्पर्धी दाना केसीले एक हजार तीन सय मत पाएकी छिन्। समावेशी उपाध्यक्षमा युनियन प्यानलका उदय जीएमले २ हजार २ सय १९ मत पाउँदा उनको प्रतिस्पर्धी अवधेश झाले एक हजार तीन सय ३२ मत ल्याएका छन्। मोहनकुमार सिंहले तीन सय १३ मत पाए।

महासचिवमा बलिया उम्मेदवार मानिएका चौतारी प्यानलका बालकृष्ण बस्नेतको मत आङ्कलन अनुसार आएको देखिएन। उनको एक हजार चार सय २७ मत मात्र आयो। युनियन प्यानलका रोशन पुरीको २ हजार २ सय ५४ मत छ। स्वतन्त्र उम्मेदवार सुुवोध गौतमले २ सय ७५ मत पाएका छन्।

खुल्ला सचिवको अवस्था पनि उस्तै छ। यसमा युनियन प्यानलका गोविन्दप्रसाद चौलागाई २ हजार २ सय ३६ मतले अगाडि छन्। चौतारी प्यानलमा रामकृष्ण ज्ञवाली १ हजार १ सय ६० मतले उनलाई पच्छ्याइरहेका छन्। २ स्वतन्त्र उम्मेदवार यम विरहीको २ सय ३४ र जन्मदेव जैसीको २ सय ७५ मत आएको छ।

सचिव महिलामा युनियन प्यानलकी सृजना अर्यालको २ हजार ३ सय ५३ मत छ भने उनको प्रतिस्पर्धी निमा काफ्लेको एक हजार पाँच सय ४ छ।

आदिवासी–जनजाति सचिवमा नारायण किलम्बुु २ हजार २ सय २२ मतले अगाडि छन्। मधेसी सचिवमा दीपेन्द्र चौहान २ हजार १ सय ३० मतले अगाडि छन्। दलित सचिवमा हेम कर्ण विक २ हजार २ सय ९२ मतले अगाडि छन्।

एसोसिएट सचिवमा युनियन प्यानलका पवन आचार्य २ हजार १ सय ५ मतले अगाडि छन्। उनको प्रतिस्पर्धी चौतारीका रामेश्वर कार्की एक हजार ८२ मतले पच्छ्याइरहेका छन्। तेस्रो मत उम्मेदवारी फिर्ता लिएका केपी ढुङ्गानाको आएको छ। उनले उम्मेदवारी फिर्ता लिए पनि २ सय ६४ मत आएको छ। उम्मेदवारी कायम राखेका केशवराज खनालको एक सय ५४ मत आएको छ। उम्मेदवारी फिर्ता लिएका राधेश्याम दाहालको एक सय १२ र विजय देवकोटाको ७८ मत आएको छ।

कोषाध्यक्षमा युनियन प्यानलका कलेन्द्र सेजुवालको २ हजार १ सय ४९ मत आएको छ। उनको प्रतिस्पर्धी कृष्ण गिरीको एक हजार एक सय ७३ मत आएको छ।

स्वतन्त्र उम्मेदवार माधव दुलालको ३ सय २२ मत आएको छ भने उम्मेदवारी फिर्ता लिएका प्रकाश थापाको एक सय ८७ मत आएको छ।

लेखा समिति संयोजकमा पनि युनियन प्यानलका उम्मेदवार लेखनाथ न्यौपानेले लिड गरेका छन्। उनको २ हजार ६२ मत आएको छ। उनको प्रतिस्पर्धी द्वारिका काफ्लेको एक हजार २ सय ४१ मत आएको छ। स्वतन्त्र उम्मेदवार लक्ष्मण कार्कीको पाँच सय ५१ मत आएको छ। अन्य उम्मेदवारीमा पनि प्यानलको अवस्था यो भन्दा फरक छैन।

२७ चैत, २०७७, १७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।