नयाँ सरकारबारे छलफल गर्न  तीन दलका नेता बुढानीलकण्ठमा

नयाँ सरकारबारे छलफल गर्न  तीन दलका नेता बुढानीलकण्ठमा

काठमाडौँ : सरकार गठनबारे छलफल गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक देउवा निवास बुढानीलकण्ठमा शुुरु भएको छ। बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका नेताहरू सहभागी छन्।

बैठकमा  काङ्ग्रेसको तर्फबाट पार्टी सभापति शेर बहादुर देउवा,  वरिष्ठ नेता रामचन्द्र पौडेल,  उपसभापति विजय कुमार गच्छदार,  उपसभापति बिमलेन्द्र निधि, 

 महामन्त्री डा. शशाङ्क कोइराला,  महामन्त्री पूर्ण बहादुर खड्का,  सह महामन्त्री डा प्रकाश शरण महत र नेता कृष्ण प्रसाद सिटौला सहभागी छन्।

माओवादी केन्द्रको तर्फबाट  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,  प्रवक्ता नारायण काजी श्रेष्ठ,  स्थायी समिति सदस्य कृष्ण बहादुर महरा र  प्रमुख सचेतक देव प्रसाद गुरुङ सहभागी छन्।

बैठकमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट डा बाबुराम भट्टराई महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र अशोक राई सहभागी छन्।

२७ चैत, २०७७, १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।