माओवादीले कारबाही गरेका चार सांसद स्वतन्त्र हैसियतमा मन्त्री बने

माओवादीले कारबाही गरेका चार सांसद स्वतन्त्र हैसियतमा मन्त्री बने

काठमाडौँ : माओवादी केन्द्रको कारबाहीका कारण सांसद पद खोसिएका चार मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त गरेकी छन्।

सर्वोच्च अदालतको आदेश अनुसार नेकपा बनेका एमाले र माओवादी केन्द्र ब्युँतिए पनि एमालेमै रहेका आफ्ना चार सांसदलाई माओवादी केन्द्रले दल त्याग गरेको प्रावधान अनुसार सांसद पदबाट मुक्त गराएको थियो।

उनीहरू सांसद नरहेपछि मन्त्री पद समेत स्वतः गएको थियो। सांसद नभए पनि मन्त्रीमा मनोनीत गर्न सक्ने तर त्यसको ६महिनाभित्र सांसद हुनुपर्ने प्रावधानमा टेकेर प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकास मन्त्रीमा प्रभु साह, र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गौरीशङ्कर चौधरीलाई नियुक्त गरेकी हुन्। उनीहरूले आजै शपथ लिँदै छन्।

२७ चैत, २०७७, १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।