५६ जिल्लामा एमाले खनाल–नेपाल समूहले बनायो समानान्तर कमिटी 

५६ जिल्लामा एमाले खनाल–नेपाल समूहले बनायो समानान्तर कमिटी 

काठमाडौँ : पार्टीले कारबाही गरेपछि समानान्तर संरचना बनाउन कस्सिएको नेकपा एमाले खनाल–नेपाल समूहले ५६ जिल्लामा समानान्तर कमिटी बनाएको छ। पार्टी अनुशासन विपरीत काम गरेको भन्दै एमाले ओली समूहले माधव नेपाललाई कारबाही गरेपछि सो समूहले तल्लो तहसम्म समानान्तर संरचना बनाउने क्रमलाई तीव्र बनाएको छ।

सोही क्रममा सो समूहले ५६ जिल्लामा समानान्तर कमिटी बनाउँदै आफ्नो समूहका नेतालाई अध्यक्षको जिम्मेवारी दिएको छ।

खनाल–माधव समूहले प्रदेशहरूमा समेत समानान्तर कमिटी बनाएको छ। प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावलले प्रदेश प्रमुखको जिम्मेवारी पाइसकेका छन्।

कुन जिल्लामा को ?

ताप्लेजुङमा बलबहादुर साम्सोहाङ, तेह्रथुममा लक्ष्मण तिवारी, पाँचथर कमल जवेगु, खोटाङ बबि चाम्लिङ, सङ्खुवासभा हेमराज घिमिरे, उदयपुर इश्वरमणी राउत, सुनसरीमा रमेश बस्नेत, भोजपुरमा शरण राई, धनकुटामा अर्जुन राई, सप्तरीमा गोविन्द न्यौपाने, सिराहामा प्रमोद यादव, धनुषामा रामचन्द्र पण्डितलाई खनाल–नेपालले अध्यक्ष तोकेका छन्।

यसै गरी सर्लाहीमा रेवती पन्त, रौतहटमा कमल यादव,मकवानपुरमा मुनु सिग्देल, नुवाकोटमा नारायण खतिवडा, काभ्रेमा टोकबहादुर वाइबा, सिन्धुपाल्चोकमा झम्क नेपाल, रामेछापमा शान्तिप्रसाद नेपाल, चितवनमा तेजेन्द्र खड्का, धादिगंमा शिवराज कँडेल, रसुवामा पेम्वा तामाङ अध्यक्ष तोकिएको छ।

यसै गरी दोलखामा भीम दाहाल, सिन्धुलीमा सूर्य पाख्रिन, ललितपुरमा हरिकृष्ण थापा, भक्तपुरमा राजन केसी, काठमाडौँमा वसन्त मानन्धर, गोरखामा यादव बस्नेत, तनहुँमा शंकरनारायण श्रेष्ठ, लमजुङमा रामबाबु अधिकारी, स्याङ्जामा रामचन्द्र भट्टराई, कास्कीमा धनराज आचार्य, नवलपुर पूर्वमा धनञ्जय शर्मा, पर्वतमा भक्त कुँवर, म्याग्दीमा बालकृष्ण सुवेदी, बाग्लुगंमा इन्द्रलाल सापकोटा, अर्घाखाँचीमा रामबहादुर चौहान, रुपन्देहीमा राजु गुरुगं, दागंमा टीकाराम खड्का, रोल्पामा हरिप्रसाद घर्ती, बाँकेमा अशोक कोइराला, सुर्खेतमा ध्रुव शाही, जुम्लामा तीर्थ बहादुर बुढा, मुगुमा धर्मबहादुर शाही, हुम्लामा दल रावल, रुकुम पश्चिममा विमल पुन, कञ्चनपुरमा तारा लामा, कैलालीमा दीर्घ सोडारी, डोटीमा चक्र मल्ल, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह, बैतडीमा महादेव भट्ट, बाजुरामा गगन रावल, दार्चुलामा ज्ञानेन्द्र घर्ती र डडेलधुरामा तारा जोशी समानान्तर कमिटीको अध्यक्ष तोकिएको छ।

 

 

२६ चैत, २०७७, २२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।