नयाँ सरकार गठनबारे काँग्रेसले अन्य २ दलसँग छलफल गर्ने

नयाँ सरकार गठनबारे काँग्रेसले अन्य २ दलसँग छलफल गर्ने

काठमाडौँ : नयाँ सरकार गठनबारे जनता समाजवादी पार्टीमा सहमति नभएपछि छलफल गर्न नेपाली काँग्रेसले विपक्षमा रहेका तीन दलको बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूलाई बैठकमा डाँकेको हो। 

बैठकको मिति शुक्रवार तीन बजे तोकिएको छ। काँग्रेस केन्द्रीय समितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरे पनि अन्य दलसँग संवाद अगाडि बढाएको थिएन।

जसपाका प्रधानमन्त्री केपी ओलीको सरकारलाई साथ दिने कि काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्नेमा विवाद भएपछि काँग्रेस र माओवादी केन्द्रले निर्णय गर्न सकेका छैनन्। जसपाको साथ नभई नयाँ सरकार सम्भव छैन।

 

 

२६ चैत, २०७७, २१:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।