मदनकृष्णले नेपालमा भाइरल बनेकी युगान्डाकी गायिकासँग युगल गीत रेकर्ड गराउने 

मदनकृष्णले नेपालमा भाइरल बनेकी युगान्डाकी गायिकासँग युगल गीत रेकर्ड गराउने 

काठमाडौ : हास्य अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठले ‘फूलबुट्टे सारी’ बोलको गीत गाएर नेपालमा भाइरल बनेकी युगाण्डाका गायिका डे क्याप्सन बेयोन्से फ्यामेसीसँग युगल गीत रेकर्ड गराउने भएका छन्। 

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै युगाण्डाकी गायिका फ्यामेसीसँग गीत रेकर्ड गराउने जनाएका हुन्। 

श्रेष्ठ ‘फूलबुट्टे सारी’ बोलको लिजेन्ड भर्सनका गायकसमेत हुन्। उक्त गीतको मेल, फिमेल र चाइल्ड भर्सनसमेत छ। 

‘हामीले गाएको गीत ‘फूलबुट्टे सारी’लाई डे क्याप्सन बेयोन्से फ्यामेसीले पनि गाइन्,’ उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘अब बेयोन्से फ्यामेसी र म युगल गीत गाउने तरखरमा छौं। बेयोन्सेको स्वरसँग मेरो स्वर मेल खाला कि नखाला खै...!’

१२ वर्षअघि मार्मिक लामाले गाएको फूलबुट्टे सारी’ बोलको गीत गत वर्ष फिमेल भर्सनमा पुन रेकर्ड गरिएको थियो। उक्त भर्सनको गीत मिलन नेवारले गाएकी छन्। 

राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोलाई युट्युबमा करोडभन्दा बढी भ्युज भइसकेको छ। 

त्यसपछि उक्त गीतको चाइल्ड र लिजेन्ड भर्सन पनि निकालियो। ती भर्सनलाई पनि दर्शकले मनपराए। 
उक्त गीतलाई हालै युगाण्डाकी गायिका बेयोन्से फ्यामेसीले पनि गाइन्। र, चैत ६ गते एक युट्युब च्यानलमा उक्त गीतको भिडियो अपलोड गरिन्। 

२६ चैत, २०७७, १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।