७२ घण्टामा खिचिएको ‘श्री’ भोलिबाट फिल्म हलमा 

७२ घण्टामा खिचिएको ‘श्री’ भोलिबाट फिल्म हलमा 

काठमाडौं : ७२ घण्टामा छायांकन गरिएको फिल्म ‘श्री’ भोलिबाट फिल्म हलमा प्रदर्शन हुने भएको छ। 

फिल्म निर्देशक सूर्य बोहराले गत शुक्रबार आयोजित फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा चैत २७ गतेदेखि फिल्म हल र ओटिटी प्लेटफर्ममा रिलिज हुने बताएका थिए। 

ओएसआर डिजिटलका विभिन्न एप्लिकेसनमा फिल्म प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ। 

श्री’ मा सन्दीप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, रवीन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बाल कलाकार न्यासिका कार्कीले अभिनय गरेका छन्।

फिल्मको निर्मातामा श्री पराजुली र सविता गुरुङ छन् भने सहनिर्मातामा यम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम छन्।

सोसियल सस्पेन्स कथा रहको फिल्म निर्देशक बोहराले लेखेका हुन्। उक्त फिल्ममा शेरबहादुर तामाङको छायांकन, सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ। 

फिल्म एभरेस्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको हो। 
 

२६ चैत, २०७७, १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।