उकेरा अपडेट

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजबाट लगाइने 

उकेरा संवाददाता


काठमाडौंः चीनले अनुदानमा दिएको कोरोना भाइरस (कोभिड–१९)विरुद्धको ‘भेरोसेल’ खोप आज (बुधबार)बाट लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

उक्त खोप १८ देखि ५९ वर्षसम्मका व्यक्तिलाई लगाइने भएको हो। मन्त्रालयका अनुसार प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययन गर्न  जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीलाई सो खोप लगाइने भएको छ। 

यस्तै, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी तथा व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्नेलाई पनि खोप लगाइने मन्त्रालयले जनाएको छ। 

यसैगरी, औषधि, फलफूल, तरकारी लगायतका व्यापारीलाई खोप लगाइने भएको छ। यसअघि खोप लगाउन छुट भएका अग्रपंतिमा खटिएका व्यत्तिलगायतलाई खोप लगाइने मन्त्रालयले जनाएको छ।

यो कार्यक्रम कहिलेसम्म चल्छ भन्ने यकिन भइसकेको छैन। 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार करिव चार लाख व्यक्तिलाई खोप लगाउने बताए। करिव सात दिन यो खोप लगाउने योजना भए पनि कति दिनसम्म लगाउने भन्ने दिन नतोकिएको डा. गौतमले जानकारी दिए।

चीन सरकारले आठ लाख डोज ‘सार्स–कोभ–२ भ्याक्सिन (भेरो सेल), इनएक्टिभेटेड’ उपलब्ध गराएको थियो। यो खोप सिनोफार्मको सहयोगमा बेइजिङ इन्स्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेकोे हो। 

उपत्यका बाहिरका केही खोप केन्द्रबाट समेत खोप लगाउने भए पनि अधिकांश उपत्यकाकै अस्पतालमा खोप केन्द्र तोकिएका छन्। 

परिवार कल्याण महाशाखाका अनुसार २४ अस्पतालबाट खोप लगाइने छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कृष्णप्रसाद हत्या अभियोग लागेका सबैलाई सफाइ दिने चितवनको फैसला सदर 

घटनाका प्रतिवादी गोरखा फुजेलका सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज....

शिवपुरी नागार्जुन जंगलमा लागेको डढेलो नियन्त्रणमा 

आगो नियन्त्रण लिन सिम्रिक एयरलाइन्सको हेलिकोप्टरले पानी हालेको प्रहरीले बताएको छ। यसै गरी तीन वटा दमकल पनि आगो निभाउन प्रयोग गरिएको थियो। सिम्रिक एअरको हेलिकप्टरले....

सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा पर्व मनाइयो

नेपाली सेनाले हरेक वर्ष जस्तै यो वर्ष पनि टुँडिखेलस्थित सैनिक मञ्चमा घोडेजात्रा पर्व मनाएको हो। पर्वका अवसरमा राइड पास/डगद्वारा मार्चपास, टांगन घोडा दौड/डगद्वारा बुकी लोटस, साइकल....

कोरोना सङ्क्रमणबाट विदेशमा रहेका ३ सय ४९ नेपालीको ज्यान गयो

समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपाली कोरोनाबाट सङ्क्रमित भए। कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अस्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा  ३ सय ४९....

बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जङ्गल छेउको बारीमा बाख्रा चराउन गएकी गेरुवा गाउँपालिका भटेरा बस्ने भुन्टी बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बोहराको लासलाई घटनास्थलबाट....