‘चलचित्र लेखनबाट विश्राम लिन्छु भनेको हो, पलायन हुने भनेको होइन’ 

‘चलचित्र लेखनबाट विश्राम लिन्छु भनेको हो, पलायन हुने भनेको होइन’ 

काठमाडौं : फिल्म लेखक शिवम् अधिकारीले फिल्म लेखनबाट विश्राम नलिने स्पष्टीकरण दिएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा तीन दिनअघि आफूले लेखेको स्टाटसबारे स्पष्टीकरण दिँदै उनले आफूले फिल्म लेखनमा केही समय विश्राम लिने मात्रै बताएको पलायन हुने नभनेको बताएका हुन्। 

‘केही समय फुर्सद निकालेर नयाँपन दिन चलचित्रबाट विश्राम लिन्छु भनेको हो। चलचित्र क्षेत्रबाट नै पलायन हुने भनेको होइन,’ फिल्म ‘श्री’को ट्रेलर रिलिज तथा पत्रकार भेटघाट कार्यक्रममा उनले भने। 

उनले तीन दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत आफू चलचित्र लेखनबाट विश्राम लिने बताएका थिए। 

१४ वर्षदेखि फिल्म लेखनमा सलेख्दै आएका उनले १ सय २५ वटाभन्दा बढी नेपाली फिल्म लेखिसकेको बताए। 

शिवमले फिल्म निर्देशन पनि गरेका छन्। उनले ‘पञ्चायत’, ‘कोपिला’ र ‘सुश्री’को निर्देशन गरेकाे बताए।  
 

२४ चैत, २०७७, २२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।