दीपाश्रीलगायत कलाकारकाे फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

दीपाश्रीलगायत कलाकारकाे फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

काठमाडौ : अभिनेता सरोज खनाल, फिल्म निर्देशक तथा निमात्री दीपाश्री निरौलालगायत कलाकारको फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा पर्साबाट १४ वर्षीय किशोर पक्राउ परेका छन्। 

नेपाल प्रहरीको साइबर ब्युरोले पर्साको बहुदरमाई नगरपालिका–५, का १४ वर्षीय किशोरलाई आज (मंगलबार) पक्राउ गरेको हो। 

ब्युरोका प्रवक्ता एवं एसएसपी नविन्द अर्यालले पक्राउ परेका ती किशोरलाई पर्साबाट काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिए। प्रहरीका अनुसार ती किशोरले १२ दिनअघि फिसिङ लिंक पठाएर कलाकारको फेसबुक अकाउन्ट ह्याक गरेका थिए। 

बयानका क्रममा ती किशोरले कलाकारको फेसबुक ह्याक गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। 

ती किशोरविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी लिई पक्राउ गरिएको साइबर ब्युरोका एसएसपी अर्यालले जानकारी दिए। 

फेसबुक अकाउन्ट ह्याकबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

२४ चैत, २०७७, २२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।