काठमाडौँ : अभिनेता सरोज खनाल र चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौलाको फेसबुक पेज ह्याक गरेर प्यासेन्जरमार्फत पैसा मागेको आरोपमा एक १४ वर्षीय किशोर पक्राउ परेका छन्।
उकेरा अपडेट
सरोज खनाल र दीपाश्रीको फेसबुक पेज ह्याक गर्ने १४ वर्षका किशोर

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो। ब्युरोका अनुसार उनलाई मङ्गलवार पर्साको वीरगन्जबाट पक्राउ गरिएको हो।
ब्युरोका अनुसार ती किशोरले अनधिकृत रूपमा पेजमा प्रवेश गरेर मेसेन्जरमार्फत समस्यामा परेको भन्दै पैसा मागेका थिए।
उनलाई यस्तो नगर्न आग्रह गर्दा उनले उल्टै धम्क्याएका थिए। बेलैमा पेज ह्याक भएको सार्वजनिक भएपछि ती किशोर कसैसँग पैसा भने उठाउन नभ्याएको ब्युरोले जानकारी दिएको छ।
२०७७ चैत २४ गते १८:०९ मा प्रकाशित