संगीत कन्सर्टमा शास्त्रीय धुन

संगीत कन्सर्टमा शास्त्रीय धुन

काठमाडौं : पण्डित समिर दे स्टुडेन्ट एसोसियसनले क्लासिकल संगीत कन्सर्ट आयोजना गरेको छ।

तीनवटा सेसनमा गरिएको कार्यक्रममा शास्त्रीय धुन सुनाइएको थियो। पहिलो सेसनमा ११ वर्षीय रितिश लम्सालले तबलामा एकल प्रस्तुति दिँए।

दोस्रो सेसनमा तबला द्वेतअन्तर्गत ठाकुरप्रसाद छट्कुल्ली र सत्यन्द्र भट्टराईले प्रस्तुति दिँदा तेस्रो प्रस्तुतिका रूपमा अतिथि कलाकारको रूपमा इसराजवादक सन्तोष भक्त श्रेष्ठसँग तवलावादक जगन्नाथ धौगोडाले सरस्वती राग र नेवारी धुन सुनाए। 

कार्यक्रम संगीत प्रविण मोहनप्रसाद जोशीको मुख्य आतिथ्य र तबलाका गुरु समिर देको सभापतिमा सम्पन्न भएको थियो। 

संगीत प्रवीण जोशीले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई संगीतको गहिराइ बुझाउन मद्दत पुग्ने र नयाँ पुस्ताले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सक्ने बताए। 

नयाँ र पुराना पुस्ताका संगीत हस्तीको संगम स्थलको रूपमा कार्यक्रम आयोजना गर्ने एसोसियसनको लक्ष्य छ। 

२४ चैत, २०७७, १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।