ओखलढुंगाको करदाता सेवा कार्यालयमा सिभिलको एक्सटेन्सन काउन्टर

ओखलढुंगाको करदाता सेवा कार्यालयमा सिभिलको एक्सटेन्सन काउन्टर

काठमाडौं : सिभिल बैंकले ओखलढुंगाको करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ। 

बैंकले सिद्धिचरण नगरपालिका–११ स्थित करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको हो। 

एक्सटेन्सन काउन्टरको उद्घाटन सिद्धिचरण नगरपालिकाका प्रमुख (मेयर) मोहनकुमार श्रेष्ठले गरे।

यससँगै आन्तरिक राजश्व कार्यालयका सेवाग्राहीले करको भुक्तानी एक्सटेन्सन काउन्टरमार्फत गर्न सक्ने बैंकले जनाएको छ। 

बैंकले हालसम्म आठवटा एक्सटेन्सन काउन्टर सञ्चालन गरिसकेको छ, जसमध्ये पाँचवटा एक्सटेन्सन काउन्टर कर तथा राजश्व संकलन गर्न स्थापना गरिएको हो। 

बैंकले हालसम्म ८२ अर्बभन्दा बढी निक्षेप परिचालन गरेको र ७८ अर्बभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ।

२४ चैत, २०७७, १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।