अब कहिल्यै लकडाउन हुँदैन : स्वास्थ्य मन्त्री

अब कहिल्यै लकडाउन हुँदैन : स्वास्थ्य मन्त्री

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना सङ्क्रमणको गति बढे पनि लकडाउन नहुने दाबी गरेका छन्।

मङ्गलवार काठमाडौँमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै उनले सङ्क्रमण नियन्त्रणका लागि आवश्यक रणनीतिमा सरकार सक्रिय रहेको र लकडाउनको कुनै योजना नभएको बताए। 

लकडाउनले कोरोना भाइरस सङ्क्रमण फैलनबाट रोक्न प्रभावकारी भए पनि यसले सामाजिक जीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने भएकाले लकडाउनको पक्षमा सरकार नरहेको उनले बताए। 

उनले लकडाउनको विकल्पमा नियन्त्रणमा लागि अपनाउन सकिने रणनीति अनुसार छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमणले गति लिएसँगै सीमा नाकामा एजेन्ट परीक्षण सुरु गरिएको बताए। उनले सीमा नाकामा आइसोलेसन रुम र क्वारेन्टीन निर्माण भइरहेको समेत बताए। 

२४ चैत, २०७७, १५:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।