प्रदेश

कर्णाली प्रदेश : एमालेका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा दिने तयारी 

उकेरा संवाददाता


प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढा (बायाँबाट क्रमशः)।

काठमाडौं : कर्णाली प्रदेश सरकारमा नेकपा एमालेका तीनजना मन्त्रीले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। 

नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सामूहिक राजीनामा दिने तयारी थालेका हुन्। 

एमालेको कर्णाली प्रदेश संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो। 

आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले राजीनामा दिनका लागि छलफल भइरहेको जानकारी दिए। ‘राजीनामाको विषयमा छलफल भइरहेको छ। छिट्टै राजीनामा दिन्छौं,’ उनले भने। 

यसअघि यही चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रदेश २ मा खनाल–नेपालले बदले संसदीय दलको नेता

आइतबार जनकपुरमा रहेको प्रदेशसभामा रहेको संसदीय दलको कार्यालयमा बैठक राखेर बहुमतको आधारमा संसदीय दलको नेता बदलेका हुन्। बैठकले रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक....

सङ्खुवासभा जिल्ला अस्पताल प्रदेश १  कै उत्कृष्ट

जनशक्ति, आर्थिक व्यवस्थापन, उपकरणको उपलब्धता र प्रयोग, मानव संसाधन, बिरामीको सेवा सुविधा, फोहर मैला र विपत् व्यवस्थापनका आधारमा अस्पतालको स्तर मापन गरिएको थियो। न्यूनतम सेवा....

लुम्बिनी प्रदेशमा बिउ बिजन ऐन लागु  

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशमा बिउ बिजन उत्पादन, बजारीकरण र उपयोग सम्बन्धी नीति बनाउने, कार्यान्वयन गर्ने र अनुगमन गर्ने ऐनको....

माधव समूहले ओली समूहका प्रदेश अध्यक्षलाई निलम्बन गर्‍यो

चैत २३ र २४ गते बसेको विस्तारित बैठकका निर्णयहरू सार्वजनिक गर्दै नेता भीम रावलले पार्टीका सबै सङ्गठनहरू पुनर्गठन गर्ने,ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापालाई एक....

कर्णालीमा एमाले मन्त्रीको राजीनामापछि रिक्त मन्त्रालयको जिम्मेवारी भण्डारी र केसीलाई

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमाले मन्त्रीको राजीनामापछि रिक्त रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी....