गोकुल बाँस्कोटाले भने : चुनाव भन्नासाथ फोविया हुने साथीहरूले प्रतिगमन भन्ने ?

गोकुल बाँस्कोटाले भने : चुनाव भन्नासाथ फोविया हुने साथीहरूले प्रतिगमन भन्ने ?

काठमाडौँ : पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले प्रतिगमन भन्नेले नयाँ निर्वाचनमा जान तयार हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले आफैँ सबै कुरा अड्काएर प्रतिगमन भयो भन्दै लप्फावाजी गर्नुको कुनै तुक नभएको उनले दाबी गरे।

उनले सरकारले विकासको काम गरिरहेको तर विरोधीहरूले विना तर्क विरोध गरिरहेको उनको दाबी थियो।

प्रधानमन्त्रीले एकै पटक एक सय ६५ वटा रणनीतिक सडकको शिलान्यास गरेकोमा प्रतिपक्षीहरुले आलोचना गरेकोमा समेत बास्कोटाले चित्त दुखाए।

उनले नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद भट्टराईले प्रयास सुरु गरेको मेलम्ची तीस वर्षपछि आउँदा हुने अन्य विकासको काम चैँ बोले लगत्तै हुनुपर्छ भन्ने तर्क नभएको बताएका थिए।

 

 

२३ चैत, २०७७, १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।