आमाको सम्पत्ति लिएर हेरचाह नगरेको आरोपमा राष्ट्र बैङ्ककी निर्देशक पक्राउ

आमाको सम्पत्ति लिएर हेरचाह नगरेको आरोपमा राष्ट्र बैङ्ककी निर्देशक पक्राउ

काठमाडौँ : प्रहरीले नेपाल राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई पक्राउ गरेको छ। बैङ्कको केन्द्रीय कार्यालयमा कार्यरत उनलाई प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो। 

आफ्नो तीन करोड बढी सम्पत्ति लिएर आफ्नो हेरचाह नगरेको उनको आमाको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनको ८४ वर्षीय आमाले महानगरीय प्रहरी परिसर काठमाडौँमा उनी विरुद्ध आफ्नो तीन करोड बढिको सम्पत्ति लिए पनि हेरचाह नगरेको भन्दै ज्येष्ठ नागरिक ऐन अन्तर्गत जाहेरी परेको थियो।

प्रहरीले उनलाई कार्यालयमा बोलाएर सम्झाए पनि उनले आमाको हेरचाह नगरेपछि प्रहरीले अदालतबाट पक्राउ आदेश लिएर उनलाई आइतबार पक्राउ गरेको हो। 

२२ चैत, २०७७, १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।