सुनचाँदीको मूल्य स्थिर 

सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य आज (आइतबार) स्थिर रहेको छ।

गत शुक्रबार तोलाको ८७ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज सोही मूल्यमा यथावत रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 

यस्तै, तेजाबी सुन पनि प्रतितोला ८६ हजार ९ सय ५० रूपैयाँमा स्थिर रहँदा चाँदी तोलामा १ हजार २ सय ४० रूपैयाँमा यथावत छ। 

गत शनिबार सुनचाँदीको मूल्य तोकिएको थिएन।  

२२ चैत, २०७७, ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।