काठमाडौँ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री केपी शर्मा ओली फेर्ने निर्णय गरिसकेको सार्वजनिक गरेका छन्। उनले शनिवार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राजीनामा नदिए उनी विरुद्ध अविश्वासको प्रस्ताव लैजाने सहमति भएको खुलाएका हुन्।
उकेरा अपडेट
काँग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकार बदल्ने निर्णय गरेको नेता पौडेलको दाबी

प्रधानमन्त्री ओलीलाई हटाउन प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा होमिएका तीन दलबिच सहमति भएको र तीन दल मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने उनले बताए। उनले भनेका तीन दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी हुन्।
उनले नयाँ सरकारमा गठबन्धन गर्ने आधार अहिले विपक्षमा रहेका र हिजो प्रतिगमनविरुद्ध सङ्घर्ष गरेका दलहरू हुने बताउँदै उनीहरुसँग वार्ता गरेर समझदारी बनाउने र सहमतिमार्फत प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव पेस गर्ने उनले बताए।
उनले सरकारको नेतृत्व आफ्नै पार्टीले गर्ने दाबी गर्दै समझदारी कायम गर्न जना समाजवादी पार्टीसँग छलफल भइरहेको र उनीहरूको मागहरू पूरा गर्न आफूहरू प्रयासरत रहेको उनको दाबी छ।
२०७७ चैत २१ गते १८:२८ मा प्रकाशित