'तस्बिर २-ओ ! प्रिया' को म्युजिक भिडियो सार्वजनिक

'तस्बिर २-ओ ! प्रिया' को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ  : गायक अमन प्रधान र गायिका निशा कँडेलको युगल गायनमा समावेश  'तस्बिर २-ओ ! प्रिया'को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार विष्णुबाबु देवकोटाको शब्द रहेको गीतलाई सङ्गीतकार टिका दाहालले सङ्गीतबद्ध गरेका छन्। राहुल प्रधानले सङ्गीत संयोजन गरेको भिडियोमा आकाश श्रेष्ठ र पूजा शर्मा फिचर्ड छन्।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

२० चैत, २०७७, १९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।