उकेरा अपडेट

कोरिडर सडक व्यवस्थापनमा ट्राफिक प्रहरीको छुट्टै टोली

उकेरा संवाददाता


काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनका लागि छुट्टै टोली खटाएको छ। महाशाखाले आज एक कार्यक्रम गरी कोरिडोर सडक व्यवस्थापन टोली (सिएमटी) परिचालन गरेको हो।

महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई सञ्चालनमा रहेका उपत्यकाका मुख्य कोरिडोरहरु विष्णुमती, बागमती, धोबीखोला र मनोहरा कोरिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागू गरेको हो।

आजदेखि करिडोरलाई चौबीस खण्डमा विभाजित गरी कोरिडोर क्लियरेन्सको लागि १७ टोली गठन गरी परिचालन गरेको छ। टोलीको पहिचानको लागि 'ट्राफिक पुलिस-सिएमटी' लेखिएको प्लोरोसेण्ट ज्याकेट लगाएर आफनो जिम्मेवार करिडोर सडकमा मोटरसाइकलमा निरन्तर अनुगमन गर्नेछ।

महाशाखाले कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

यो टिमले आम सवारी चालकहरुलाई आफ्नो गन्तब्यसम्म पुग्नका लागि छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहन समेत गर्नेछ। मुख्य सडकको चोक जंक्सनको क्युमा बस्नुपर्ने विकल्पको रुपमा कोरिडोर सडक प्रयोग गरी समय तथा इन्धनको समेत वचत हुने अपेक्षा रहेको एसएसपी भट्टराईले व्यक्त गरे।

करिडोर सडकको प्रयोगले मुख्य सडकमा हुने सवारी चापमा कमी ल्याउनुको साथै सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा समेत सहजता प्रदान गर्ने महाशाखाको अपेक्षा छ।

यो टिमले आफ्नो जिम्मेवार इलाकामा निरन्तर अनुगमन गरी सवारी आवागमनमा सहज बनाई कोरिडोर सडकको सुचारू गर्ने, पुल तथा जक्सनको क्रसिङ्गमा हुने चाप/क्यूलाई व्यवस्थापन गर्ने, जथाभावी पार्किङ गर्ने प्रवृत्तिलाई निरूत्साहित गरी कोरिडोर सडक प्रयोग गर्ने परिपाटीको विकास गरी प्रयोगकर्तालाई प्राथमिकता दिई व्यवस्थापन गरिने महाशाखाका प्रबक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कृष्णप्रसाद हत्या अभियोग लागेका सबैलाई सफाइ दिने चितवनको फैसला सदर 

घटनाका प्रतिवादी गोरखा फुजेलका सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज....

शिवपुरी नागार्जुन जंगलमा लागेको डढेलो नियन्त्रणमा 

आगो नियन्त्रण लिन सिम्रिक एयरलाइन्सको हेलिकोप्टरले पानी हालेको प्रहरीले बताएको छ। यसै गरी तीन वटा दमकल पनि आगो निभाउन प्रयोग गरिएको थियो। सिम्रिक एअरको हेलिकप्टरले....

सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा पर्व मनाइयो

नेपाली सेनाले हरेक वर्ष जस्तै यो वर्ष पनि टुँडिखेलस्थित सैनिक मञ्चमा घोडेजात्रा पर्व मनाएको हो। पर्वका अवसरमा राइड पास/डगद्वारा मार्चपास, टांगन घोडा दौड/डगद्वारा बुकी लोटस, साइकल....

कोरोना सङ्क्रमणबाट विदेशमा रहेका ३ सय ४९ नेपालीको ज्यान गयो

समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपाली कोरोनाबाट सङ्क्रमित भए। कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अस्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा  ३ सय ४९....

बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जङ्गल छेउको बारीमा बाख्रा चराउन गएकी गेरुवा गाउँपालिका भटेरा बस्ने भुन्टी बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बोहराको लासलाई घटनास्थलबाट....