प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनु पर्छ : सांसद गुरुङ 

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनु पर्छ : सांसद गुरुङ 

काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा सांसद गुरुङले सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापना भएको संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने माग गरेका हुन। 

फागुन २३ गते पुनर्स्थापना भएको संसद्को पहिलो बैठक बसेको एक महिनाभित्र प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनु पर्ने उनको भनाई छ। उनले संसद्लाई बिजनेस नदिएर सरकार फेरी पनि संसद् भङ्ग गर्ने र मध्यावधिको प्रक्रियामा अगाडी बढाउने काममा आरोप लगाए। 

संसद् एजेन्डा विहीन भएको उनले बताए। नागरिकता विधेयक सहित ५ वटा विधेयक कार्यसूचीमा नपरेको बताए। ‘संसदमा ३३ वटा विधेयक रहेको देखिन्छ,’ उनले भने, ‘एजेन्डा हुँदा हुँदै सरकार एजेन्डा अगाडी बढाउँदैन।’ उनले सरकार पुस ५ गतेकै मनस्थितिमा रहेको बताए। 

सांसद गुरुङले सरकार ताजा जनादेशका नाममा संविधान सिद्ध्याउन उद्यत रहेको आरोप पनि लगाए। ‘सरकार प्रकारान्तरले संविधानलाई विफल बनाउने दिशामा लागेको छ,’ उनले भने,‘संविधानले नचिन्ने ताजा जनादेश हुन सक्दैन।’

१८ चैत, २०७७, १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।