प्रदेश

प्रदेश १ मा नेपाल समूहका सांसद अविश्वासको प्रस्ताव फिर्ता लिन बाध्य 

विनय बाह्रकोटी


इटहरी : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता भएको छ। मुख्यमन्त्रीका दाबेदार भीम आचार्यसहित १६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका हुन्।

अल्पमतमा रहेको माधव नेपाल समूहका सांसद आचार्यले राईलाई नै समर्थन गर्ने भएका छन्। चैत ११ गते बसेको संसदीय दलको बैठकले ३ दिन भित्र अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो। आचार्य पक्षका सांसद धमाधम राईको पक्षमा जान थालेपछि उनी अविश्वासको प्रस्ताव फिर्ता लिन बाध्य भएका हुन्।

गत पुस १२ गते कार्यसम्पादन गर्न नसकेको भन्दै तत्कालीन नेकपाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराए थिए। एमालेका २१ र माओवादी केन्द्रका १६ सांसदको हस्ताक्षर रहेको प्रस्ताव दर्ता भए पनि संसदमा छलफल हुन पाएको थिएन। 

गत चैत २ गते बोलाइएको संसद् बैठक पनि मुख्यमन्त्रीकै दबाबको कारण रोकिएको थियो। बिना कारण स्थगित बैठक यहीँ चैत २३ गते बस्ने भएको छ। 

आन्तरिक झगडामा रुमलिएको सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा चलायमान हुन नसकेको नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइराला बताउँछन्। सरकारका कारण प्रदेश संरचना माथि नै प्रश्न उठ्न थालेको उनले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कर्णालीमा एमाले मन्त्रीको राजीनामापछि रिक्त मन्त्रालयको जिम्मेवारी भण्डारी र केसीलाई

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमाले मन्त्रीको राजीनामापछि रिक्त रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी....

कर्णालीमा एमालेका तीन मन्त्रीको राजीनामा स्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको राजीनामा....

'मेहनत गरे गाउँमै कमाउन सकिन्छ'  

यो उनको दैनिकी हो। पूर्वी पहाड (ताप्लेजुङ, पाँचथर, इलाम) वा भारतको दार्जिलिङ घुम्न आएका पर्यटक उनको डेरीमै पुग्छन्। उनी संकलित दूधबाट चिज बनाउँछन्। त्यही चिज....

सुर्खेतको सिस्नेरी बस्तीमा आगलागी, नौ घर जले

बराहताल गाउँपालिका–९ स्थित सिस्नेरी बस्तीमा भएको आगलागीबाट नौ घर पूर्णरूपमा जलेको वडाअध्यक्ष युवराज कार्कीले जानकारी दिए। ‘आगो नियन्त्रण गर्न प्रहरी र स्थानीय तत्काल खटिएका थिए।....

गण्डकी प्रदेश : माओवादी केन्द्रका दुईजना मन्त्रीले दिए राजीनामा

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष राजीनामा पत्र बुझाएका हुन्। माओवादी केन्द्रको संसदीय....