‘मनसँग मन’ को प्रदर्शन मिति सर्‍यो 

‘मनसँग मन’ को प्रदर्शन मिति सर्‍यो 

काठमाडौँ : चलचित्र ‘मनसँग मन’को प्रदर्शन स्थगित गरिएको छ। यही चैत्र २७ गतेबाट हलमा लाग्ने भनिएको चलचित्रको प्रदर्शन स्थगित गरिएको हो। 

चलचित्रका निर्देशक कैलाश राईले कोरोना जोखिम बढेका कारण चलचित्रको रिलिज समय सारिएको बताए। ‘अहिले कोरोना झन् झन् बढिरहेको र सरकारले भिडभाड नगर्न गरेको आग्रहलाई स्वीकार गर्दै तत्काललाई चलचित्र प्रदर्शन मिति सारिएको हो,’ राईले भने।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मनसँग मन’ को प्रदर्शन मिति सारिए पनि फस्ट लुक सार्वजनिक गरिएको छ।

अभिनेता पुष्प खड्काले चलचित्रको रिलिज मिति स्थगित गर्दै चलचित्रको फस्ट लुक्स सार्वजनिक गरेको बताए। कैलाश राईले निर्देशन गरेको यस चलचित्रमा अरुण तामाङको लगानी रहेको छ।

१७ चैत, २०७७, ०९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।