ठमेलमा चोरी, कपनमा लुटपाट

ठमेलमा चोरी, कपनमा लुटपाट

काठमाडौँ : काठमाडौँ ठमेलको एक घरबाट सुन चोरी भएको छ। ज्योति शाक्यको घरको चौथो तलाको डेराबाट १ लाख ८० हजार बराबरको सुन चोरी भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार शाक्यको घरको कोठा फोडेर सुन चोरी गर्नेको खोजी भइरहेको छ। 

यस्तै काठमाडौँको कपनमा लुटपाट भएको छ। नम्बर नखुलेको बुलेट बाइकमा आएका लुटेराले कपनको पायोनियर स्कुल अगाडी सडकमा पैदल हिँडिरहेकी एक महिलाको ब्याग लुटेर भागेको प्रहरीले जनाएको छ। 

२४ वर्षिया हरिकला ठेडीको सेतो ब्याग लुटेर लगेको उजुरी प्रहरीमा परेको छ। प्रहरीका अनुसार लुटेराले ब्याग सहित ४ हजार नगद र सामसुङको ट्याव लुटेको छ। लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

१७ चैत, २०७७, ०७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।