यसरी भएको थियो शिल्पा सेट्ठी र अक्षय कुमारको ब्रेकअप

यसरी भएको थियो शिल्पा सेट्ठी र अक्षय कुमारको ब्रेकअप

मुम्बई : 'मैं खिलाड़ी तू अनाडी' र 'इन्साफ' जस्ता फिल्ममा काम गर्दागर्दै बलिउड अभिनेत्री शिल्पा सेट्ठी र अभिनेता अक्षय कुमारको मित्रता प्रेममा बदलियो।


त्यतिबेला अक्षय कुमारको नाम पूजा बत्रा र रविना टन्डनसँग जोडिएको थियो। तर एकाएक शिल्पा र अक्षयको रोमान्सको चर्चाले बलिउड तात्यो।

अक्षय र शिल्पाको जोडी फिल्ममा मात्र होइन, वास्तविकतामा पनि उत्तिकै जम्यो। उनीहरुको सम्बन्ध एकअर्काप्रति निकै सहज देखिन्थ्यो। बलिउडमा चर्चा हुन थाल्यो, अक्षय अरु जतिसुकै सुन्दरीसँग अफेयर भए पनि उनी शिल्पाको विषयमा भने सिरियस छन्।

शिल्पा पनि अक्षयको रोमान्समा यति भुलिसकेकी थिइन् कि उनले करिअरमा ध्यान दिन नै छोडेकी थिइन्। तर, यहीबीच अचानक शिल्पा र अक्षयको सम्बन्धमा ब्रेकअप भयो।

सबै चकित परे, आखिर किन यस्तो भयो? शिल्पाले आफ्नो बाटो किन अगल गरिन्? किन अक्षयलाई छोडिन्?

अचानक अक्षयले राजेश खन्ना र डिम्पल कपाडियाकी छोरी ट्विंकल खन्नासँग रोमान्स सुरु गरेको समाचार बाहिरियो।

यही कारणले शिल्पालाई अक्षयसँगको सम्बन्ध तोड्न बाध्य बनायो। आखिर ट्विंकलसँग विवाह नै भयो।

१६ चैत, २०७७, १२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।