दिपाश्री र सरोज खनालको फेसबुक पेजबाट पैसा मागियो

दिपाश्री र सरोज खनालको फेसबुक पेजबाट पैसा मागियो

काठमाडौंः सामाजिक सञ्जालमा रहेका कलाकारको खाता आफ्नो नियन्त्रणमा लिएर पैसा माग्ने समूहले नेपालका कहलिएका कलाकारहरूको सामाजिक सञ्जालको खाता आफ्नो नियन्त्रणमा लिएका छन्।

उनीहरूले बिहीबार बिहानैबाट कलाकारहरूको फेसबुक र इन्टाग्राम अकाउन्ट नियन्त्रणमा लिएर च्याट गर्दै कलाकारको सम्पर्कमा रहेकाहरूसँग पैसा मागेका हुन्।

निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुकबाट उनीहरूको आफन्त र फिल्मकर्मीलाई सन्देश पठाएर पैसा मागिएको थियो।

अभिनेत्री दीपाश्री निरौलाले आफ्नो फेसबुक अकाउन्टबाट धेरैलाई पैसा मागिएको बताइन्।

‘अहिले पनि मेरो फेसबुकबाट धेरैलाई पैसा मागिरहेको छ। एक–एक लाख मागेका छन्।’

उनको फेसबुक पेज नियन्त्रणमा लिएकाहरूले सुमन गिरीसँग पैसा मागेको बताएकी छन् । अर्का  अभिनेता खनालको पनि फेसबुक अकाउन्ट अनधिकृत रूपमा अर्कैले नियन्त्रणमा लिएको छ।

उनको एकाउन्टबाट पनि आफन्त तथा नजिकका साथीहरूसँग पैसा मागेको बताए।

‘मेरो फेसबुक ह्याक गरेर मेरा आफ्ना आफन्तसँग पैसा मागेका रहेछन् । मैले कसैसँग पनि पैसा मागेको छैन।’

खनालको अकाउन्टबाट बालिकाहरूका लागि काम गर्न च्यारच्यार फन्ड सङ्कलन गरिरहेको दाबी गर्दै पैसा माग गरिएको छ। अर्कासँग ९० हजार रुपैंया मागिएको छ। पैसा माग्नेहरूलाई मोबाइल बैङ्किङबाट पैसा पठाउन भनिएको छ भने च्याट नेपाली भाषामा समेत गरिएको छ।

यी दुवैले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका छन्।

१२ चैत, २०७७, १८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।