कोरोनाको दोस्रो लहरको जोखिममा चलचित्र ‘डाँडाको बर पीपल’को मुहूर्त

कोरोनाको दोस्रो लहरको जोखिममा चलचित्र ‘डाँडाको बर पीपल’को मुहूर्त

काठमाडौँ : कोरोनाको दोस्रो लहर सुरु हुने जोखिम बढे पनि नयाँ चलचित्रको निर्माणकोक्रम भने रोकिएको छैन।

पहिलो लहरमा भएको लकडाउनका कारण २७ भन्दा बढी चलचित्रको निर्माणकोका बिचैमा रोकिएको थियो। लकडाउन खुलेसँगै चलचित्रले सुस्त गति लिइरहेको बेला दोस्रो लहरको जोखिम बढे पनि नयाँ चलचित्रको निर्माणकोक्रम भने रोकिएको छैन।

बिहीबार काठमाडौँको टेकुको पचली भैरवमा चलचित्र ‘डाँडाको बर पीपल’को मुहूर्त भयो। बुढासुब्बा ओरिजिनलको प्रस्तुति रहेको सो चलचित्रलाई  शोभित बस्नेतले निर्देशन गर्न लागेका हुन्।

चलचित्रमा अभिनेता शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गहतराजले अभिनय गर्दै छन्। बाँकी तीन अभिनेत्री र एक अभिनेता केही दिनमा घोषणा गरिने निर्देशक बस्नेतले बताए।

उनले चलचित्र पारिवारिक कथामा बनाउन लागेको बताए। चलचित्रमा सुशान्त प्रजापतिको छायाङ्कन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको सङ्गीत रहने छ। 

चलचित्रको छायाङ्कन तालिका ७५ दिनको रहेको र काठमाडौँ, कालाबाङ, पूर्व र से फोक्सुन्डो तालमा खिचिने निर्माण पक्षले जानकारी दिएको छ। 

१२ चैत, २०७७, १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।