स्वास्थ्य

कोरोना त्रास : तनहुँमा बेलुका १० बजेपछि व्यवसाय बन्द गर्न प्रशासनको सूचना

उकेरा संवाददाता


काठमाडौँ : जिल्ला प्रशासन कार्यालय तनहुँले १० बजेपछि व्यवसाय बन्द गर्न सूचना जारी गरेको छ। भारतमा कोरोना भाइरसको प्रकोप बढेकाले सचेतता बढाउन भन्दै रात्रिकालीन व्यवसाय १० बजेपछि सञ्चालन नगर्न सूचना जारी गरेको हो।

विज्ञप्तिमा ‘भारतमा थप क्रियाशील भई नेपालमा समेत सङ्क्रमितको दर बढ्दै गएको र मृत्युदर समेत वृद्धि भएकाले खुला सीमा नाकाको कारण सीमा नाकाबाट मानिसको आवतजावत बढी भएकोले तनहुँ जिल्लामा सक्रिय जोखिम कायमै रहेको’ उल्लेख छ।

विज्ञप्तिमा‘ कोरोना आक्रमणलाई थप फैलिन नदिई सावधानी अपनाउन र सचेत रहनका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको तीन बुँदे निर्णय सार्वजनिक गरिएको छ।

पहिलो निर्णयमा स्यानिटाइजर, मास्क, र सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ। दोस्रो निर्णयमा रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसाय भिडभाड हुन नदिने र राती १० बजेपछि सञ्चालन नहुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

तेस्रो नम्बरमा जात्रा, मेला, महोत्सव, कन्सर्ट जस्ता भिडभाड हुने कार्यक्रम नगर्न, नगराउन विज्ञप्ति जारी गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने काम नगर्न आग्रह गरेको हो। मन्त्रालयले कोरोना सङ्क्रमण फैलनबाट....

जोखिम समूहलाई सेप्टेम्बरसम्म खोप लगाई सकिन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी 

उनले २० लाख डोज कोरोनाविरुद्धको खोप आइसकेको र बाँकी १० लाख डोज खोप आउने क्रममा रहेको बताए। कोरोनाविरुद्धको खोप लगाएपछि मन्त्री त्रिपाठीले खोप उत्पादन गर्ने....

सरकारले २० लाख डोज खोप किन्न सेरमलाई पैसा पठायो

प्रतिडोज ४ डलरका दरले पैसा पठाएको  मन्त्रालयका प्रवक्ता गौतमले उकेरालाई जानकारी दिए। डा. गौतमले भने,‘सम्झौता गर्‍यौँ। २० लाख डोजको लागि ८० प्रतिशत एडभान्स पठायौँ।’  नेपालमा....

बिरामी जाँचेको शुल्क बढाउने निर्णय कार्यान्वयन गर्न माग  

सङ्घ र अफिनले चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई परामर्श शुल्क बढाउन माग गरेका हुन्।  सङ्घ र अफिनले शुल्क बढाउने निर्णय गरेर चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई....

बिहानै किन बढी मृत्यु हुन्छ ?

मृतक पनि चिकित्सकै थिए। उनी अलिअलि रक्सी पिउँथे। रक्त चापको समस्या पनि थियो। डा. रेग्मीले भने,‘उ सुतेको सुतै भयो, ऐया भन्न पनि पाएन।’  यस्ता धेरै....