प्रदेश

भागरथी हत्या अनुसन्धान शङ्कामा, अभियुक्तले बच्न झुट बोलेको प्रहरी दाबी

भागरथीकी दाइ केशवराजले भने'उसले बयान फेरेको भन्ने मैले पनि सुने। हत्यारा दुई जना छन् भन्दै एक जनाको नाम बताइरहेको छ रे। अव त्यसलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान हुनुपर्छ।

उकेरा संवाददाता


धनगढी : बैतडीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त अदालती प्रक्रिया सकिएर बाल सुधार गृह पुगिसकेका छन्। प्रहरीसँगै अदालतमा दिएको बयानमा समेत ‘मैले नै मारेको’ भनेर बयान दिएका किशोरले अहिले बयान बदलेको उनको परिवारले दाबी गरेपछि घटना गिजोलिने मोडमा पुगेको छ।

प्रारम्भमा छोराले आफ्नै अगाडि भागरथीको बलात्कार र हत्या गरेको सकारेको दाबी गरेका उनका बाबु नै अहिले छोराले दबाबमा आएर बयान दिएको र घटनामा अरुकै संलग्नता रहेको दाबी गर्न थालेका छन्।

‘उसले आफूले हत्या नगरेको बताइरहेको छ,’दीपकराज भट्टले भने‘तर घटना भइरहेको देखेको र उनीहरूले कसैलाई भन्यो भने बुवा र घरपरिवारलाई मारिदिने धम्की दिएपछि अपराध स्विकारेको रहेछ।’

दीपकको दाबी अनुसार फोनमा छोराले आफूले भागरथी दिदीलाई नमारेको बताएपछि उनी दिपायल गएर उनलाई भेटेका थिए। 

उनले घटना भएको देखेको र घटनामा संलग्न २ जनामध्ये एक जनालाई चिनेको बताएको दाबी समेत गरे।

‘एक जनालाई चिनेको छु अर्कालाई चिनेको छैन। चिनेको मान्छे गाउँपालिकामा कार्यरत कर्मचारी हो भनिरहेको छ,’उनले भने ‘चक्कु देखाउँदै कसैलाई यो कुरा भन्यो भने तिमीलाई पनि मार्छौँ,घरपरिवार पनि मार्छौँ भनेका रहेछन् त्यसैले उसले अपराध स्विकारेको हो।’

उनले छोराले नाम लिएको व्यक्तिबारे अनुसन्धान हुनुपर्ने माग समेत गरे। 

भागरथीका आफन्त के भन्छन् ? 

मुख्य अभियुक्तले बयान बदलेपछि भागरथीका आफन्तले सबैमाथि छानबिन हुनुपर्ने माग गरेका छन्। भागरथीका दाइ केशवराज भट्टले घटनामा संलग्न सबैमाथि कारबाही हुनुपर्ने बताए। 

‘उसले बयान फेरेको भन्ने मैले पनि सुने,’उनले भने‘कसरी विश्वास गर्नु फेरी झुट पो बोलेको हो कि? तर उसले हत्याराहरू दुई जना छन् भन्दै एक जनाको नाम समेत बताइरहेको छ रे अव त्यसलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भने हुनुपर्छ।’

प्रहरीको दाबी ‘अपराधबाट उन्मुक्ति पाउने प्रयास’

प्रहरीले अनुसन्धान सकाउँदै घटनामा अभियुक्त मात्र संलग्न रहेको र हत्या र बलात्कार उसैले गरेको दाबी गर्दै प्रतिवेदन समेत बुझाइसकेको छ। प्रहरीको प्रस्तावित राय अनुसार जिल्ला महान्यायाधिवक्ता कार्यालयबाट अभियोग पत्र दर्तासँगै थुनछेकको बहस सकिएर अभियुक्त बाल सुधार गृह पुगिसकेका छन्।

अहिले अभियुक्तले अर्कैको नाम लिए पनि प्रहरी भने यसलाई अपराधबाट जोगिन यस्तो भनेको दाबी गरिरहेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले घटनामा अभियुक्त मात्रै संलग्न रहेको खुलेको दाबी गरे ।

‘तथ्य र प्रमाण सहित अनुसन्धानले निष्कर्ष पाएको हो,’उनले भने,‘हामीले अनुसन्धानका क्रममा दुई सय भन्दा बढीलाई सोधपुछ गरेका थियौ। सबै तथ्य र प्रमाणका आधारमा हामीले नियन्त्रणमा लिएका थियौ।’

उनले अनुसन्धानका क्रममा अभियुक्तले प्रहरीसँगै बुबा र समाजका अगाडि समेत अपराध स्विकारेका दाबी गरे।

‘हामीले भनाइलाई मात्र आधार मानेनौँ त्यसलाई पुष्टि गर्ने प्रमाण पनि जुटाएका थियौँ,’उनले भने‘ अपराधमा संलग्नले आफूलाई बचाउने प्रयास गर्छ । उनीमाथि जबरजस्ती र हत्याको गम्भीर मुद्दा रहेकाले त्यसबाट बचाउन हत्कन्डाहरु अपनाउने गर्छन् यो पनि त्यही भएको हो। यो हाम्रो प्राथमिकता भित्र पर्दैन।’

प्रहरीसँग पर्याप्त प्रमाण रहेको र त्यसले उसैलाई इङकित गरेको दाबी गर्दै सिंहले तथ्य सहित सबै प्रमाण अदालतमा पेस भइसकेकाले अव अदालतले नै टुङ्गो लगाउने बताए।

प्रहरीलाई पुरस्कृत गर्नै हतार

भागरथी घटना अदालतमा विचाराधीन छ। तर प्रहरीका व्यवहार भने अभियुक्त दोषी समान देखिन्छ।

जिल्ला अदालतले यो मुद्दाको थुनछेक बहस मात्र सक्काएको छ। फैसला नआई प्रहरी प्रधान कार्यालयले भने राम्रो अनुसन्धान गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कर्णालीमा एमाले मन्त्रीको राजीनामापछि रिक्त मन्त्रालयको जिम्मेवारी भण्डारी र केसीलाई

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमाले मन्त्रीको राजीनामापछि रिक्त रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी....

कर्णालीमा एमालेका तीन मन्त्रीको राजीनामा स्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको राजीनामा....

'मेहनत गरे गाउँमै कमाउन सकिन्छ'  

यो उनको दैनिकी हो। पूर्वी पहाड (ताप्लेजुङ, पाँचथर, इलाम) वा भारतको दार्जिलिङ घुम्न आएका पर्यटक उनको डेरीमै पुग्छन्। उनी संकलित दूधबाट चिज बनाउँछन्। त्यही चिज....

सुर्खेतको सिस्नेरी बस्तीमा आगलागी, नौ घर जले

बराहताल गाउँपालिका–९ स्थित सिस्नेरी बस्तीमा भएको आगलागीबाट नौ घर पूर्णरूपमा जलेको वडाअध्यक्ष युवराज कार्कीले जानकारी दिए। ‘आगो नियन्त्रण गर्न प्रहरी र स्थानीय तत्काल खटिएका थिए।....

गण्डकी प्रदेश : माओवादी केन्द्रका दुईजना मन्त्रीले दिए राजीनामा

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष राजीनामा पत्र बुझाएका हुन्। माओवादी केन्द्रको संसदीय....