बुद्ध थिएटर फेस्टिभलमा आज सिद्धार्थको गृह त्याग’ मञ्चन हुँदै 

बुद्ध थिएटर फेस्टिभलमा आज सिद्धार्थको गृह त्याग’ मञ्चन हुँदै 

फेस्टिभलको उद्घाटन गर्दै कवि तुलसी दिवसले बुद्धको ज्ञान विश्वभर फैलाउनु पर्ने भन्दै यस्ता कार्यक्रम भइरहनु पर्ने बताए। फेस्टिभलका निर्देशक पुष्कर गुरुङले फेस्टिभल आयोजना गत वर्ष नै गर्ने तयारी भएको तर कोरोना भाइरसका कारण कार्यक्रम गर्न नसकिएको बताए।

थिएटर फेस्टिभल शनिवारसम्म चल्नेछ। हरेक दिन ५ बजे बुद्ध कथामा बनेको नाटक मञ्चन हुनेछन्। हिजो फेस्टिभलको पहिलो दिन भारतीय नाटक निर्देशक डा दानी करमाकर निर्देशित ‘तथागत’ मञ्चन भएको थियो। कोरोनाका कारण कलाकारको टोली आउन नसकेपछि भारतबाट खिचेर पठाएको नाटक देखाइएको निर्देशक गुरुङले बताए। 

आज सोमबार फेस्टिभलमा विकास जोशीको निर्देशन रहेको ‘सिद्धार्थको गृह त्याग’ मञ्चन हुनेछ। यो नाटकले दुःखसँग सिद्धार्थ गौतमको साक्षात्कार र यसको  उत्तरको खोजीमा उनले गरेको मानसिक सङ्घर्षलाई प्रस्तुत गर्नेछ।

नाटकले सिद्धार्थले बुद्ध बन्न गृह त्याग गर्नुअघिको प्रसङ्गलाई समेटेको छ। १ घण्टा अवधिको नाटकको कथा प्रेम विनोद नन्दनले लेखेका हुन्। नाटकमा सुचिता उप्रेती, तुफान थापा, अस्मिता खनाल, देबिशा लामिछाने, अभिषेक शर्मा आदि कलाकारको अभिनय रहनेछ। 

भोलि मङ्गलवार भने झोराहाट नाट्य समूहको प्रस्तुति रहेको रवीन्द्रनाथ टैगोर लिखित नाटक ‘मालिनी’ मञ्चन हुनेछ। 

९ चैत, २०७७, ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।