आफैँ अर्धनग्न भिडियो खिचेर धम्क्याएको आरोपमा २ युवती र एक युवक पक्राउ

आफैँ अर्धनग्न भिडियो खिचेर धम्क्याएको आरोपमा २ युवती र एक युवक पक्राउ

महाशाखाका अनुसार यी तीन जनाले कपन र ललितपुर डामाडोल बस्ने २ जना पुरुषलाई चाबहिलमा रहेको एक गेस्ट हाउसमा भेट्न बोलाएर कोठामा सँगै बसेर अर्ध नग्न भिडियो बनाएर पछि बार्गेनिङ गरेका थिए। 

पीडितलाई म्यासेन्जरमा अर्धनग्न भिडियो पठाएर धम्क्याउँदै उनीहरूले ८ लाख नगद र ५ लाखको चेक लिइसकेको महाशाखाको दाबी छ। 

पैसा नदिए बलात्कारको उजुरी हालिदिने भन्दे उनीहरूले धम्क्याउने गरेको प्रहरीको भनाई छ। 

 

८ चैत, २०७७, २२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।