काठमाडौँ : भारतमा कोरोना सङ्क्रमणको सेकेन्ड वेभ आएपछि नेपालमा सभा सम्मेलन नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।
स्वास्थ्य
भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने काम नगर्न आग्रह गरेको हो।
मन्त्रालयले कोरोना सङ्क्रमण फैलनबाट रोक्न भौतिक दूरी कायम गर्न,मास्कको अनिवार्य प्रयोग गर्न,साबुन पानीले राम्ररी हात धुन र स्यानिटाइजरको प्रयोग लगायतका मापदण्ड पालना गर्न समेत अनुरोध गरेको छ।
पछिल्लो समय भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ। पछिल्लो २४ घण्टामै ४४ हजार जना सङ्क्रमित भएका छन्। भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख रहेको छ।
२०७७ चैत ०८ गते २२:२१ मा प्रकाशित