अभिनेत्री दीपाश्रीको गायिका अवतार, ल्याइन् होलीको गीत ‘धनियाँ के होली’

अभिनेत्री दीपाश्रीको गायिका अवतार, ल्याइन् होलीको गीत ‘धनियाँ के होली’

दीपाश्रीले यस वर्षको होलीमा छक्का पन्जा टिममा हुँदा एउटा होली पर्वलाई समेटेर गीत निकालाैँ भन्ने सल्लाह भए अनुसार गीत ल्याएको बताइन्। 

‘म पनि तराईकी चेली होली एकदमै मन पर्ने भएकाले तराई, पहाड र हिमाल सबै क्षेत्रका समुदायलाई समेटेर निर्माण गरेका हाैँ,’ उनले भनिन्‘ त्यही भएर होला गीतको राम्रो प्रतिक्रिया आइरहेको छ।’

गीतको भिडियोमा दीपाश्रीसँगै दीपकराज गिरी, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डङ्गोल, अनुराग कुँवर, सुमन गिरीले अभिनय गरेका छन् । 

गीतको  भिडियोमा हरि हुमागाँइको छायाङ्कन, विपिन मल्लको सम्पादन, शिशिर खातीको रेडियोग्राफी छ । यस गीतको भिडियोलाई दीपाश्रीले नै निर्देशन गरेकी छन् ।

 

८ चैत, २०७७, २०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।