म्यानमारमा बीबीसी संवाददाता हराए, ५० जना पक्राउ,१६ अझै हिरासतमा

म्यानमारमा बीबीसी संवाददाता हराए, ५० जना पक्राउ,१६ अझै हिरासतमा
तस्बिर : बिबिसी ।

एजेन्सी : अदालत बाहिर रिपोर्टिङ गरिरहेको बेला म्यानमारका बिबिसी संवाददाता आंग थुरालाई पक्राउ गरेको छ। उनी स्थानीय समाचार सङ्गठन मिज़्ज़िमाको एक रिपोर्टरसँगै उनलाई पक्राउ गरिएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। म्यानमार सरकारले यही महिना उनको लाइसेन्स रद्द गरेको थियो।

 उनीहरुलाई परिचय नै नखुलेको भ्यानमा राखेर लगिएको थियो। त्यसपछि उनी सम्पर्कमा नरहेको बीबीसीले उल्लेख गरेको छ।

बिबिसीले म्यानमारमा रहेका आफ्ना सबै कर्मचारीको सुरक्षालाई गम्भीरताका साथ लिएको र आगं थुराको अवस्था पहिल्याउन प्रयास भइरहेको उल्लेख गरेको छ। बिबिसीले सरकारलाई उनको खोजी गर्न आग्रह गर्दै उनी सुरक्षित रहेको पुष्टि गर्न माग गरेको छ।

४० पत्रकार पक्राउ

म्यानमारमा सेनाले सत्ता कब्जा गरेदेखि ४० जना पत्रकार पक्राउ परिसकेका छन्। पक्राउ गरिएकामध्ये १६ जना अझै हिरासतमा छन्। सेनाले पाँच वटा मिडियाको लाइसेन्स रद्द गरेको छ।

 एक आंदोलनकारी संस्था असिस्टेंस एसोसिएशन फ़ॉर पॉलिटिकल प्रिज़नरकव् दावी अनुसार हालसम्म म्यानमारमा २ सय ३२ जनाको ज्यान गइसकेको छ।

६ चैत, २०७७, २२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।