१५ वर्षीया किशोरी बलात्कार आरोपमा पक्राउ

१५ वर्षीया किशोरी बलात्कार आरोपमा पक्राउ

काठमाडौं : १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्ला धुर्काेट गाउँपालिका वडा नम्बर ५ बस्ने विष्णुबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

किशोरीलाई बलात्कार गरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको गुल्मी जिल्लाका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए। ‘बलात्कार गरिरहेको अवस्थामा स्थानीयले देख्नुभएछ,’ भट्टराईले भने, ‘स्थानीयले खबर गरेपछि घटनास्थलबाट नै आरोपीलाई पक्राउ गरेका छौँ।’

एसपी भट्टराईका अनुसार बलात्कारको आरोप लागेका सार्की हिरासतमा छन् भने किशोरीको स्वास्थ्य परीक्षणको लागि अस्पताल लगिएको छ। आरोपीसँग बयान लिन बाँकी रहेको प्रहरीले जनाएको छ।

५ चैत, २०७७, १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।