राजनीति

एमालेमा ओली राज: निर्वाचित समिति मुखले भङ्ग 

उकेरा संवाददाता


काठमाडौँ : सर्वोच्चबाट नेकपा एमाले ब्युँतिए लगत्तै पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य तोड्दै एमालेभित्रै सङ्घर्ष गर्ने माधव नेपाल समूहको तयारीलाई केपी ओलीले धक्का दिए शुक्रवार।

चैत १ गते बैठक बस्ने भनिए पनि उनले शुक्रवार आफू निकटका केन्द्रीय सदस्यहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए। एमालेका ओली निकट नेताहरूले प्रारम्भमा बालुवाटारको बैठक औपचारिक नभएको प्रतिक्रिया दिएका थिए।

बैठक ओली निकट केन्द्रीय सदस्यको भनिएकाले माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरू उपस्थित भएनन्। बिहान चैत १ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी बाहिरिएको थियो। 

‘१ गते बैठक बस्ने भनिएको छ,’ एमाले नेता सुवासचन्द्र नेम्वाङले बिहान उकेरालाई जानकारी दिएका थिए। 

एक गतेको बैठकमा माधव–खनाल समूह सहभागी हुन्छ कि हुन्न भन्ने जिज्ञासा राख्दा झलनाथ खनालले आफूहरू जाने उकेरासँग बताएका थिए।

उता बालुवाटारमा ओली निकट केन्द्रीय सदस्यहरू भेला भइरहेका थिए। दिउँसो भेलाको निर्णय बाहिरिँदा भने त्यसले नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको आकार लिइसकेको थियो।

नेपाल र खनालको पद खोसियो

बैठकमा सहभागी स्रोतका अनुसार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अब पार्टीमा अध्यक्ष र महासचिव बाहेक अन्य पद नरहेको जानकारी गराएका थिए। नेकपा एमालेको पार्टी विधान २०४९ अनुसार पदाधिकारीमा केन्द्रीय कमिटीका अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उप–महासचिव, सचिव, केन्द्रीय कमिटी मातहतका सबै कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र उप–सचिव एवं केन्द्रीय आयोगहरूका अध्यक्ष, उपाध्यक्ष, सचिव र सल्लाहकार परिषद्का अध्यक्ष, उपाध्यक्ष एवम् सचिव समेतलाई बुझाउने’ उल्लेख छ ।

नेकपा हुनु अगाडि एमालेमा नेपाल र खनाल वरिष्ठ नेता थिए। शुक्रवार ओलीको निर्णयपछि यी दुवैको वरिष्ठ नेताको पद खोसुवामा परेको छ।

नेकपासँग एकीकरण हुनु अगाडि पार्टीको उपाध्यक्षमा बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल थिए। यी सबै ओलीको विपक्षमा थिए। उनीहरूको पद पनि खोसिएको छ।

पार्टीको बैठक महासचिवले बोलाउने प्रावधानका कारण हुनसक्छ उनले ईश्वर पोखरेलको पद भने खारेज गरेनन्। तर आफ्नै नेता रहेको उप महासचिव पद पनि खारेज गर्ने निर्णय गरे। उप–महासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल थिए। भुसाल नेपाल समूहका हुन्।

सचिव रहेका प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराईको पद पनि खोसियो। सचिवमध्ये ज्ञवाली र गुरुङ बाहेक अन्य नेपाल पक्षमा थिए।

केन्द्रीय अनुशासन आयोगको अध्यक्ष अमृत बोहोरा थिए, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी र केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष केशव बडाल थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रदेश १ : संसद् अवरुद्ध गर्ने तयारीमा सरकार पक्ष 

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना भएसँगै चलखेल बढ्न थालेको हो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने भएपछि....

पार्टी एकीकरण अभियानबाट ओली र दाहाल टाढिन सक्दैनन् : गौतम 

ललितपुरको धोविघाटमा आज (बुधबार) नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै उनले यस्तो बताएका हुन्। पार्टी एकीकरणबाट विमुख भए ओली र दाहाल सैनिकबिनाको सेनापतिजस्तो हुने....

नेकपा उपाध्यक्ष वामदेव गौतम आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

बिहान ११ बजे ललितपुरको धोवीघाटमा उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्ने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदी जानकारी दिए।  अभियान घोषणा कार्यक्रमका लागि गौतमले....

संसद् विघटनप्रति काँग्रेस अझै ‘नरम’ 

निर्वाचन क्षेत्र, प्रदेश र स्थानीय निकायमा आन्दोलनका कार्यक्रम चलाएको काँग्रेसले भातृ र शुभेच्छुक संस्थाको आयोजनामा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। मङ्गलवार बसेको केन्द्रीय समितिको बैठकले....

वामदेव नेकपाको ‘अवैध’ उपाध्यक्ष

नेकपामा विवाद चर्किएसँगै पार्टीका २ अध्यक्ष दुईतिर लागे। बामदेव अहिलेसम्म कुनै गुटमा छैनन्। उनी नेकपाको उपाध्यक्षको हैसियतमा पार्टी एकीकरणको अभियान अगाडि बढाउने तयारीमा छन्। तर....