जय शम्भाे !

जय शम्भाे !

काठमाडौँ : शिवरात्रि पर्वमा पशुपतिनाथको दर्शन गर्न साधु सन्तहरूले पशुपति क्षेत्र भरिएको छ। मुख्यतः यो धार्मिक पर्वमा सहभागी हुन नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्नेसँगै भारत लगायतका देशबाट समेत साधु सन्तहरू पशुपति क्षेत्रमा आउँछन्। 

कोरोना सङ्क्रमणका कारण यो पटक साधुहरूको सङ्ख्या केही पातलिएको देखियो। पशुपति मन्दिर क्षेत्र, आर्यघाट, लगायतका क्षेत्रमा साधु सन्तहरू धुनी जगाएर बसेका छन्। शिवरात्रि धार्मिक पर्व भए पनि यसलाई गाँजाको पर्वको रूपमा समेत विकृत बनाउने अभ्यास हुँदै आएको छ। यस पटक भने प्रहरीले गाँजाको सेवन र विक्रीमा कडाइ गर्ने दाबी गरेको छ।

२६ फागुन, २०७७, २२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।